मंगलबार, कार्तिक ६, २०८१ |Tue Oct, 2024
अक्ल्याण्डको समय: ११:३१ |सिड्नीको समय: ०९:३१ |काठमाडौंको समय: ०४:१६

क्रिकेटर कैन्स सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालको आईसीयुमा

एएनजेड खबरअगस्ट ११, २०२१

न्युजिल्याण्डका पूर्ब क्रिकेटर एवम् अलराउन्डर क्रिस कैन्सको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उनलाई सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालको सघन उपचार कक्ष (आईसीयु)मा भर्ना गरिएको छ ।


सिडनीको सेन्ट भिन्सेन्ट अस्पतालका प्रवक्ताले कैन्सलाई मङ्गलबार अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति गम्भिर रहेको बताएका छन् । बुधबार कैन्सकी श्रीमति मेलानीले एक वक्तब्य जारी गरी थप शल्यक्रिया आवश्यक रहेको उल्लेख गरेकी छन् । केही समयअघि मात्र मुटुमा समस्या आएपछि क्यानबेरामा कैन्सको शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्य स्थिति बिग्रेपछि उनलाई सिड्नीको अस्पतालमा भर्ना गरिएको हो ।


विभिन्न सञ्चारमाध्यमले मङ्गलबार ५१ वर्षीय कैन्सको मुख्य आर्टरीमा समस्या आएको उल्लेख गरेका छन् । आफ्नो समयका सबैभन्दा चर्चित अलराउन्डर कैन्सले न्युजिल्याण्डका लागि ६२ टेष्ट, २१५ अन्तर्राष्ट्रिय एकदिबसीय र दुई टी ट्वान्टी म्याच खेलेका छन् । उनी सन् १९८९ देखि २००६ सम्म न्युजिल्याण्ड क्रिकेट टोलिमा रहेका थिए ।
सन् २०१० मा विवाहपछि क्रिस कैन्स छोराछोरीसँगै अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया