शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:११ |सिड्नीको समय: २०:११ |काठमाडौंको समय: १५:५६

सेप्टेम्बरबाट अष्ट्रेलियामा दुई करोड ५० लाख डोज ‘मोडेर्ना’ भ्याक्सिन

एएनजेड खबरअगस्ट ९, २०२१


अष्ट्रेलियन सरकारले आगामी सेप्टेम्वरबाट आफ्ना नागरिकहरुका लागि मोडेर्ना भ्याक्सिन (खोप) ल्याउने भएको छ । पछिल्लो समयमा प्रभावकारी भ्याक्सिनको रुपमा चिनिएको मोडेर्ना भ्याक्सिन अष्ट्रेलियन नागरिकहरुलाई लगाउने गरि दुई करोड ५० लाख डोज खोप ल्याउन अष्ट्रेलियाको थेराप्यूटिक्स गुड्स एडमिनिस्ट्रेसन (टिजिए)ले अनुमति दिएको होे ।


प्रधानमन्त्री स्कट मोरिसनले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नै मोडेर्ना भ्याक्सिनको पहिलो १० लाख डोज सेप्टेम्बरमा आइसक्नेपनि उल्लेख गरेका छन् । यो सुरक्षित र प्रभावकारी भ्याक्सिन भएको उल्लेख गर्दै प्रधानमन्त्री मोरिसनले भनेका छन्,‘ कोभिड –१९ को डेल्टा भेरियन्टसँग लड्न अष्ट्रेलियन सरकारले जारी राखेको खोप कार्यक्रममा यो ‘मोडेर्ना भ्याक्सिन’ अष्ट्रेलियनहरुका लागि महत्वपूर्ण खोप हुनेछ । ’
फाईजर भ्याक्सिन जति नै प्रभावकारी र २८ दिनको अन्तरालमा दुई डोज लगाउनु पर्ने यो भ्याक्सिन बेलायत, अमेरिका, क्यानडा, युरोपियन युनियन र सिंगापुरमा धेरै नै उपयोग भइसकेको छ ।

This image has an empty alt attribute; its file name is moderna-1024x1022.jpg


अष्ट्रेलियामा फाईजर र अष्ट्राजेनिका भ्याक्सिनको प्रयोग हँुदै आएपनि अब मोडेर्ना भ्याक्सिन पनि आउने भएपछि यहाँका सबै उमेर समूहका सहज रुपमा भ्याक्सिन पाउने अपेक्षा गरिएको छ । तर यो खोप १८ वर्ष भन्दा माथिका उमेरका मानिसहरुलाई मात्र दिइने प्रधानमन्त्री मोरिसनले जनाएका छन् ।

मोडेर्ना भ्याक्सिनले अष्ट्रेलियाका लागि अनुमति पाउनुले यहाँ खोप कार्यक्रम झन् प्रभावकारी हुने वताउछन् विश्लेषक डाक्टर भरतराज पौडेल । सरकारको खोप कार्यक्रमले यहि गति लिदै गएको खण्डमा सेप्टेम्वेरवाट आउन थाल्ने अढाई करोड डोज मोडेर्नाको खोप नोभेम्वर अन्त्य सम्ममा ९० प्रतिशत अष्ट्रेलियनले पाईसक्ने दावी डा.पौडेलले गरे ।


त्यसो त कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन १२ बर्षदेखि १७ बर्षसम्मका बालबालिकाहरुमा पनि सुरक्षित र उच्च प्रभावकारी रहेको उत्पादन कम्पनीले जनाएको छ । तर यो भ्याक्सिन अहिले अमेरिकामा पनि १८ बर्षमाथिकाहरुलाई पनि लगाउन अनुमति छ ।
भ्याक्सिन लक्षणविनाको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।






तपाइँको प्रतिक्रिया