शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०३ |सिड्नीको समय: १५:०३ |काठमाडौंको समय: १०:४८

युरोकप फुटबल: क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित

एएनजेड खबरजुन ३०, २०२१

युरोकप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्ड र युक्रेन विजयी भएसँगै टोलीहरु निश्चित भएका हुन् ।

इंग्ल्यान्डले जर्मनीमाथि २-० को जीत निकाल्यो । जर्मनीका आक्रमणलाई असफल बनाउँदै इंग्ल्यान्डले खेलको अन्ततिर दुई गोल गरेको थियो । स्टरलिङ र कानेले इंग्ल्यान्डका लागि गोल गरेका थिए ।

अर्को खेलमा स्वीडेनमाथि युक्रेनले रोचक जीत निकाल्यो । निर्धारित समयमा १-१ को बराबरी भएपछि थप ३० मिनेट पनि सकिएर इन्जुरी टाइममा युक्रेनले गोल गरेको थियो । युक्रेनका लागि म्यानचेस्टर सिटीका जिनचेन्को नायक सावित भए ।

जिनचेन्कोले गोल गर्नुका साथै निर्णायक गोलका लागि अवसर सृजना गरिदिएका थिए ।

क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीहरुको खेल

स्वीटजरल्यान्ड विरुद्ध स्पेन
बेल्जियम विरुद्ध इटाली
चेक रिपब्लिक विरुद्ध डेनमार्क
युक्रेन विरुद्ध इंगल्यान्ड

तपाइँको प्रतिक्रिया