मंगलबार, कार्तिक ६, २०८१ |Tue Oct, 2024
अक्ल्याण्डको समय: ११:३१ |सिड्नीको समय: ०९:३१ |काठमाडौंको समय: ०४:१६

एनआरएन अष्ट्रेलियाको इतिहासमै सवैभन्दा बढी १६ हजार ३ सय ९४ सदस्य

प्रकाश हुमागाँईजुन २८, २०२१
This image has an empty alt attribute; its file name is download.jpg


गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा अहिले सम्मकै सवै भन्दा धेरै १६ हजार ३ सय ९४ सदस्यले सदस्यताका लागि आवेदन दर्ता गरेका छन् । शनिवार राति १२ वजेसम्म सदस्य वन्ने अन्तिम समय रहेको र यो अहिलेसम्मकै सवैभन्दा वढि सदस्य रहेको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कडेलले एएनजेड खवरलाई टेलिफोन मार्फत वताए । यो संख्या अघिल्लो पटकको तुलनामा ५ हजार भन्दा वढि रहेको छ । अघिल्लो पटक एनआरएन अष्ट्रेलियाको सदस्य संख्या ११ हजार ८ सयमात्र रहेको थियो ।


अध्यक्ष कँडेलका अनुसार यो पटक आजीवन सदस्यता लिनेहरुको संख्या १५ सय ५० पुगेको छ भने १४ हजार ३ सय २८ जना रजिष्टर मेम्वर बनेका छन् । त्यसैगरी २ सय ८७ जना एसोसियट मेम्वर रहेका छन् । अहिले सदस्यता दर्ता गराएका आवेदकहरु –एसोसियट बाहेक)ले आगामी जुलाई ३१ तरिखका दिन हुने निर्वाचनको मतदान प्रकृयामा सहभागि हुन पाउनेछन् । अध्यक्ष कँडेलका अनुसार सदस्यता आवेदन दर्ता गराएका मध्ये ३६ सय २६ जनाको शनिवार मध्यरातसम्म सदस्यता स्विकृति भईसकेको छ ।

गत मे महिनाको १० तारिखवाट खुलेको सदस्यता आवेदन प्रकृया सुरुवातका दिनमा अत्यन्तै सुस्त गतिमा चलेपछि यो पटक सदस्यता संख्या न्यून हुने अपेक्षा गरिएको थियो । तर पछिल्लो केही दिनमा आवेदन प्रकृयाले तिव्रता लिएको थियो भने अन्तिम दिन हिजो मात्रै ५ हजार भन्दा वढिले सदस्यता दर्ता गराएका थिए ।

अध्यक्ष कँडेलका अनुसार जनसंख्याको हिसावले अष्ट्रेलियाको सवैभन्दा ठूलो राज्य न्यू साउथ वेल्सवाट सदस्यता आवेदन गर्ने हरुको संख्या ६ हजार १ सय ५० रहेको छ । अघिल्लो पटक यस राज्यमा सदस्य संख्या ४ हजार ४ सय ४६ मात्र थियो । त्यसैगरि भिक्टोरिया राज्यवाट सदस्यता आवेदन दर्ता गराउनेको संख्या २१२९ रहेको छ । यस अघि भिक्टोरियामा २ हजार मात्र सदस्य रहेका थिए ।

क्विन्सल्याण्ड राज्यवाट यसपटक १३ सय ९४ ले सदस्यता आवेदन दर्ता गराएका छन् , त्यसैगरी वेस्टर्न अष्ट्रेलियावाट ७ सय ५९ ले सदस्यता दर्ता गराएका छन् भने तास्मानियावाट १३ सय ९१ ले सदस्यता दर्ता गराएका छन् । साउथ अष्ट्रेलियावाट सदस्यता दर्ता गराउनेको संख्या १८ सय ८९ रहेको छ ।
यसैगरी नर्दन टेरोटरीवाट ११ सय ९ जनाले सदस्यता दर्ता गरेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानवेरा रहेको अष्ट्रेलियन क्यापिटल टेरोटरीवाट सदस्यता दर्ता गराउनेको संख्या १३ सय ५७ रहेको पनि अध्यक्ष कँडेलले जानकारी दिएका छन् ।

अष्ट्रेलियाको नेपाली समाजले उत्सुक्ता र चासोपूर्वक हेरिरहको एनआरएन अष्ट्रेलियाको यो निर्वाचनमा अध्यक्ष पदका लागि हालका प्रवक्ता नन्दु गुरुङ्ग, अच्यूत थपलिया र देव गुरुङ्ग मुख्य आकांक्षीको रुपमा देखिएका छन् भने वर्तमान महासचिव ज्ञानेन्द्र रेग्मीपनि उम्मेदवार वन्ने संभावना त्यतिकै रहेको उनी निकट स्रोतले वताएको छ । नन्द गुरुङ्गलाई लोकतान्त्रिक समुहको समर्थन रहेको छ भने थपलिया समावेशी समुहवाट उम्मेदवार वन्ने घोषणा गरिसकेका छन् ।

यता एनएसडब्ल्यू राज्य संयोजकमा लोकतान्त्रिक समुहको समर्थनमा प्रतिज्ञा अधिकारी र समावेशी समुहको तर्फवाट धर्म अधिकारीको उम्मेदवार घोषणा भईसकेको छ । तर सदस्य संख्या अन्तिम प्रहरमा वढेसंगै अन्य उम्मेदवारहरुपनि आकांक्षीका रुपमा आउन सक्ने संभावनालाई भने नकार्न नसकिने सामाजिक अभियन्ताहरुले वताउदै आएका छन् ।

त्यसैगरि महासचिव पदमा राजु अधिकारी र निराजन गौलीको उम्मेदवारी घोषणा भईसकेको छ । सचिव पदमा सन्ध्या शाह र तीर्थराज कार्की, कोषाध्यक्षमा अनिल पोखरेल र प्रेम घिमिरेको उम्मेदवार वन्ने पक्का भईसकेको छ ।

यसैगरि आईसीसी सदस्य पदमा लोकतान्त्रिक समुहको समर्थनमा बुद्धि डल्लाकोटी, प्रज्वल भट्टराई,परेश घिमिरे, राजेश बुढाथोकी, प्रेम कँडेल, नविन भण्डारी उम्मेदवार घोषणा भईसकेका छन् भने पर्शुराम (पिआर) अधिकारीपनि आईसीसी पदको आकांक्षीको रुपमा चर्चामा छन् ।

तपाइँको प्रतिक्रिया