अनेसास न्यू साउथवेल्स च्याप्टर अध्यक्षमा ममता तिवारी निर्वाचित
![This image has an empty alt attribute; its file name is anesas1-1024x768.jpg](https://72.167.43.81/~anzkhab/wp-content/uploads/2021/06/anesas1-1024x768.jpg)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टर, अस्ट्रेलियाको सन् २०२१–२०२३ कार्यकालको लागि कवयित्री ममता तिवारी अध्यक्षमा निर्वाचित भएकी छिन् ।अध्यक्ष पदका लागि ममता तिवारी तथा विदुर प्रसाद सापकोटाको उम्मेद्वारी परेपछि भएको निर्वाचनमा सापकोटालाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित भएलगत्तै अनेसासको विधान बमोजिम तिवारीको अध्यक्षतामा निम्न कार्यकारिणी समिति चयन गरिएको छ । जसमा बिष्णु घिमिरे,कुमार शर्मा,विनोद महर्जन,डा.प्रकाश पौडेल,शान्ता सिटौला,भावना पराजुली,गौरी कार्की, आशिष विश्वकर्मा ,रमेश अधिकारी,तथा अदित थापा रहेका छन् भने सँस्थाको पहिलो बैठकबाट पदाधिकारीहरुको कार्यविभाजन गरिने बताइएको छ ।
![This image has an empty alt attribute; its file name is anesas2-768x1024.jpg](https://72.167.43.81/~anzkhab/wp-content/uploads/2021/06/anesas2-768x1024.jpg)
सिड्नीको ग्रानभीलमा आयोजित सो कार्यक्रममा निवर्तमान अध्यक्ष महेश्वर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान कोषाध्यक्ष बिष्णु घिमिरेले तयार पारेको आर्थिक प्रतिवेदन संस्थाका सचिव प्रविण टण्डनले वाचन गरी सुनाएका थिए।
![This image has an empty alt attribute; its file name is anesas3.jpg](https://72.167.43.81/~anzkhab/wp-content/uploads/2021/06/anesas3.jpg)
सो कार्यक्रममा निर्वाचित अध्यक्ष तिवारीले आगामी २ वर्षको लागि गरिने कार्यक्रमको बारेमा प्रतिबद्धता सहितको भनाइ राखेकी थिइन् । साथै सो कार्यक्रममा अनेसास न्यू साउथ वेल्सकी पूर्व अध्यक्ष तथा अनेसास पूर्व केन्द्रीय सदस्य सानु घिमीरे,अनेसास सद्भावनादूत आचार्य राजन शर्मा तथा सामाजिक अभियान्ता रन्जु वाग्ले थापाले निर्वाचित ममता तिवारीलाई बधाई तथा शुभकामना दिएका थिए । सो निर्वाचन समितिमा रहेका प्रमुख निर्वाचन आयुक्त सुजित सिग्देल,सदस्य प्रतिज्ञा अधिकारी तथा मनऋषि धिताललाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउने भूमिका निर्वाह गरेकोमा सँस्थाको तर्फबाट निवर्तमान अध्यक्ष शर्माले धन्यवाद दिएका थिए ।कार्यक्रमको सन्चालन निवर्तमान सचिव प्रविण टण्डनले गरेका थिए।
नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्व र साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थितिमा भएको सो कार्यक्रम नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामनासँगै समापन भएको थियो ।
तपाइँको प्रतिक्रिया