सोमबार, असोज २७, २०८२ |Tue Oct, 2025
अक्ल्याण्डको समय: ०३:२७ |सिड्नीको समय: ०१:२७ |काठमाडौंको समय: २०:१२

पर्यटक आगमनमा १८ प्रतिशतले कमी, अस्ट्रेलियाबाट कति आए नेपाल घुम्न ?

एएनजेड खबरअक्टोबर १०, २०२५

काठमाडौं । सेप्टेम्बर महिनामा नेपालमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस वर्षको यो सिजनमा नेपाल भ्रमण आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कमी हो ।

नेपालमा अहिलेको समयलाई पर्यटका लागि आर्कषक सिजनको रूपमा लिइन्छ । त्यसैले, सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या निकै हुने गर्दछ । तर, यो वर्ष भने जेन–जी आन्दोलनका कारण धेरै पर्यटकले नेपाल भ्रमण रद्द गरेका थिए । सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने तयारी गरेका करिब ५० प्रतिशत पर्यटकले भ्रमण रद्द गरेको अनुमान गरिएको छ ।

जेन–जी आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिका साथै आन्दोलनले सुरक्षा संवेदनशीलता बढाएको थियो । पर्यटकले सुरक्षाकै कारण भ्रमण रद्द गरेको पनि व्यवसायीहरूको भनाइ छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये भारतीय पर्यटक धेरै छन् ।

सेप्टेम्बर महिनामा नेपाल आउने भारतीय पर्यटकको संख्या १५ हजार ५ सय ५६ रहेको थियो । यो संख्या कुल नेपाल आएको ७५ हजार पर्यटकको १९ दशमलब ८ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा अमेरिकी पर्यटक आएका छन् । उनीहरू सेप्टेम्बरमा ९ हजार ६७९ जना आएका छन् । यो भनेको करिब १२ प्रतिशत रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । त्यसैगरी, अस्ट्रेलियाबाट ६ हजार ८ सय २४ जना र चीनबाट ५ हजार २ सय ३७ जना र बेलायतबाट ४ हजार ९ सय ८१ जना पर्यटक नेपाल आएका छन् ।

तपाइँको प्रतिक्रिया