बुधबार, असोज १, २०८२ |Wed Sep, 2025
अक्ल्याण्डको समय: ०९:२८ |सिड्नीको समय: ०७:२८ |काठमाडौंको समय: ०३:१३

लिलाको शिरमा मिसेस नेपाल अष्ट्रेलियाको ताज

एएनजेड खबरसेप्टेम्बर १७, २०२५

सिड्नी । मिसेस नेपाल अस्ट्रेलिया २०२५ को उपाधि लिला तिवारी पौडेलले जितेकी छन् । सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न समारोहमा उनले एलीगेन्ट वाक उपाधि, १,००० अस्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन् ।

पौडेल बुटवल, नेपालकी रहिवासी हुन् । हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्दै आएकी उनी पेशाले नर्स हुन् । त्यस्तै, पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्।

जसले ‘कन्फिडेन्स’ (आत्मविश्वास) पुरस्कार समेत जितिन् । उनले६०० अस्ट्रेलियन डलर नगद, ३० तीस हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन् ।

दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन् । उनले ‘ग्रेसफुल डीभा’ (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अस्ट्रेलियन डलर, २० हजार रुपैंयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो ।

प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया