बुधबार, असोज १, २०८२ |Wed Sep, 2025
अक्ल्याण्डको समय: ०९:१३ |सिड्नीको समय: ०७:१३ |काठमाडौंको समय: ०२:५८

जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको अन्त्येष्टि, आर्यघाटमा रुवाबासी

एएनजेड खबरसेप्टेम्बर १७, २०२५

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

ज्यान गुमाएका शहीदमध्ये चार जनाको पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो ।

आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो । शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन(जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ ।

तपाइँको प्रतिक्रिया