सोमबार, भदौ ३०, २०८२ |Mon Sep, 2025
अक्ल्याण्डको समय: १८:५१ |सिड्नीको समय: १६:५१ |काठमाडौंको समय: १२:३६

जेनजीको निशानामा पर्यो एनआरएनए हेडक्वाटर, कार्यालय खाली

एएनजेड खबरसेप्टेम्बर १५, २०२५

काठमाडौं । एक साताअघि जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा आगजनी भएपछि दैनिक काम प्रभावित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी गरी फर्किएका एक समूहले संघको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । डा.बन्द्री केसी समूहले नियन्त्रणमा लिएर दैनिक गतिविधि गर्दै आएको उक्त भवनमा अव कर्मचारीविहीन बनेका छन् । तर सचिवालयको काम पुनःनिर्माण नभएसम्म घरबाटै गर्न गराउन सचिवालयलाई निर्देशन भइसकेको एक विज्ञप्तिमार्फत जनाइएको छ ।

आन्दोलनकारीहरूले भवनभित्र पार्क गरिएका दुईवटा सवारीसाधनमा आगजनी गर्नुका साथै पहिलो तलामा सामान्य तोडफोड गरेको भए पनि सचिवालय कक्षमा भने ठूलो क्षति नभएको जनाइएको छ। यता, आन्दोलनकारीले संस्थापक अध्यक्ष उपेन्द्र महतोको निवासमा पनि तोडफोड गरेका छन् ।

तपाइँको प्रतिक्रिया