बिहीबार, असोज २, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: ०२:२६ |सिड्नीको समय: ००:२६ |काठमाडौंको समय: २०:११

कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश

एएनजेड खबरजुन १३, २०२५

गत चैत १५ मा तीनकुने भएको राजाबादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मध्यरातमा यस्तो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रसाई सहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो । त्यो भन्दा बाँकी सबैलाई १० हजारदेखि १ लाखसम्म धरौटीमा रिहा भएका श्रेस्तेदार भट्टराईले बताए ।

तपाइँको प्रतिक्रिया