मंगलबार, असार ३, २०८२ |Tue Jun, 2025
अक्ल्याण्डको समय: ०७:२५ |सिड्नीको समय: ०५:२५ |काठमाडौंको समय: ०१:१०

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पायो विदेशी प्रशिक्षक !

एएनजेड खबरअगस्ट ६, २०२३

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक विदेशी प्रशिक्षक पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकरलाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो।

क्यानले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी २० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो।

देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन्।

भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया