मंगलबार, भदौ १०, २०८२ |Tue Aug, 2025
अक्ल्याण्डको समय: १५:२३ |सिड्नीको समय: १३:२३ |काठमाडौंको समय: ०९:०८

पर्यटन क्षेत्रले लयमा : भारतीय र चिनियाँको संख्या उल्लेख्य

एएनजेड खबरअगस्ट ३, २०२५

काठमाडौँ । सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८दशमलव७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटी लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८दशमलव७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९दशमलव८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९दशमलव४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६दशमलव३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५दशमलव१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८दशमलव१ प्रतिशत) र  छन् अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८दशमलव६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३दशमलव२ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११दशमलव१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२दशमलव६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१दशमलव२ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (०दशमलव५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४दशमलव७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

तपाइँको प्रतिक्रिया