शुक्रबार, वैशाख २६, २०८२ |Fri May, 2025
अक्ल्याण्डको समय: १८:५९ |सिड्नीको समय: १६:५९ |काठमाडौंको समय: १२:४४

सार्वजनिक सवारीको भाडा घट्यो

एएनजेड खबरजुन ३, २०२२

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादरअनुसार गाडीभाडा घटेको हो ।

यात्रुवहाक सवारीमा २ प्रतिशत, पहाडी जिल्लामा चल्ने सबै किसिमका सवारीसाधनमा २ प्रतिशत र तराईका जिल्लामा चल्ने सबै किसिमका सवारीमा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।

तपाइँको प्रतिक्रिया