बिश्व भेटेरिनरी एसोसिएसनको महासभामा उठ्यो नेपालको मुद्दा
काठमाडौं । बिश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसिमा जुलाई १८ मा भएको उक्त महासभामा डा.श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व भएको थियो।
महासभामा सम्बोधन गर्दै डा.श्रेष्ठले नेपालमा पशु चिकित्शकहरुले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको बिकासमा सहयोग गर्न अन्य राष्ट्रहरुसँग सहकार्यको आह्वान समेत गरेका थिए ।
कार्यक्रममा डा श्रेष्ठले बिश्व भेटेरिनरी एसोसिएसनको कुनै पनी खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैब तयार रहेको बताए । सम्बोधनका क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै बिश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत ब्यक्त गरे ।
डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिब समेत हुन् । जुलाई १८ मा भएको उक्त महासभामा ९० रास्ट्रबाट सहभागिता भएको थियो । नेपाल लगायत अन्य ४ राष्ट्रबाट उक्त महासभामा सम्बोधन गरेका थिए।
महासभामा डा.श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरु सँग शिष्टाचार भेटघाट समेत भएको थियो । २०२५ को महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ बाट बिश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।
तपाइँको प्रतिक्रिया