शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:४७ |सिड्नीको समय: १४:४७ |काठमाडौंको समय: ०९:३२

रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने भुसाललाई कारबाही गरिने

एएनजेड खबरडिसेम्बर १९, २०२४

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलास भुसाललाई कारबाही गर्ने भएको हो ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने उल्लेख गरेको छ । ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

रवि हिरासतमा सुतिरहेको फोटो डा.भुसालले फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका फेसबुकमा लेखेका छन् ।

तपाइँको प्रतिक्रिया