बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: १५:१९ |सिड्नीको समय: १३:१९ |काठमाडौंको समय: ०८:०४

वायु सेवा निगमलाई सुधारको कार्ययोजना पेस गर्न निर्देशन

एएनजेड खबरडिसेम्बर ६, २०२४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायु सेवा निगमको व्यवस्थापनलाई निर्देशन दिएका छन्।

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्।

सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो। निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिनेमा विश्वास दिलाउँदै उनले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्न पनि सुझाव दिए। निगमलाई घाटा लगाउने चिनियाँ जहाजको व्यवस्थापनमा पनि मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो

तपाइँको प्रतिक्रिया