आइतबार, असार २९, २०८२ |Sun Jul, 2025
अक्ल्याण्डको समय: १४:०० |सिड्नीको समय: १२:०० |काठमाडौंको समय: ०७:४५

अष्ट्रल नेपाली अभिभावक समाजको दशैं शुभकामना कार्यक्रम सम्पन्न

एएनजेड खबरअक्टोबर ९, २०२४

सिड्नी। अष्ट्रल नेपाली अभिभावक समाजले ६ अक्टोबर (२० असोज)मा न्यु साउथ वेल्सको अष्ट्रलमा रहेको अष्ट्रल फुटबल पार्कमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
समाजका प्रस्तावित अध्यक्ष चन्द्रकुमार कायस्थले संचालन गरेका कार्यक्रमको प्रमुख अतिथि लेपिङटन का सांसद नाथान हगार्टी रहेका थिए भने अध्यक्षता वर्तमान अध्यक्ष मुरारी घिमिरेले गरेका थिए।
समाजका प्रस्तावित अध्यक्ष कायस्थले संस्थाको लक्ष्य, हालसम्म गरेका कार्यक्रम र भावी योजनाका बारेमा प्रकाश पारेका थिए। पार्कको नाम सगरमाथा माउण्ट एभरेष्ट पार्क राख्न, अष्ट्रल पब्लिक स्कुलमा नेपाली भाषाको कक्षा सञ्चालन गर्न र लेपिङटन स्टेटले सञ्चालन गर्ने कार्यक्रममा नेपाली अभिभावक समाजबाट पनि सहभागी गराउन प्रस्तावना पेश गरिएको थियो । साथै पार्कमा सामुदायिक भवन र शौचालय निर्माण गर्न पनि माग गरिएको थियो।
७० जनाको सहभागिता रहेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सल्लाहकार डिबी थापा र शंकर राजभण्डारी तथा स्थानीय सल्लाहकार सन्देश राजभण्डारी र भावना पराजुलीको पनि उपस्थिति रहेको थियो।
कायस्थबाट प्रस्तावना बुझ्दै सांसद नाथानले लिभरपुल काउन्सिलसँग समन्वय गरेर मागहरु सम्बोधन गर्ने जानकारी गराए। कार्यक्रममा नाचगान गर्दै मनोरञ्जन गरेर शुभकामना आदानप्रदान समेत गरिएको थियो।

तपाइँको प्रतिक्रिया