सोमबार, असोज २८, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ११:४० |सिड्नीको समय: ०९:४० |काठमाडौंको समय: ०४:२५

दशैंको टीकाको साइत सार्वजनिक : अष्ट्रेलियाका चार सिटीमा फरक फरक समय

एएनजेड खबरसेप्टेम्बर ३०, २०२४

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ । आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूर्ण देशहरूमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ ।

जसअनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ । दिल्ली, भारतमा अक्टुबर १२ बिहान ११ः४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०ः०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०ः०५, वासिङ्गटनमा ९ः५५, क्यानडा टोरन्टोमा १०ः१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टुबर १३ को ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ ।

यता, अष्ट्रेलियाका चार शहरमा पनि फरक फरक साइत निर्धारण गरिएको छ । सिड्नीमा ११ः२१, मेलबर्नमा ११ः२७, ब्र्रिसबेनमा ११ः२९ र क्यानबेरामा ११ः१५लाई उत्तम साइत तय भएको छ ।

तपाइँको प्रतिक्रिया