सोमबार, असोज २८, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ११:०९ |सिड्नीको समय: ०९:०९ |काठमाडौंको समय: ०३:५४

अमेरिकी डिभी लोटरी कार्यक्रम २०२६ का लागि आवेदन मिति तय

एएनजेड खबरसेप्टेम्बर २९, २०२४

काठमाडौं । चिठ्ठामा आधारित अमेरिकी ग्रिनकार्ड भिसा (डिभी लोटरी) कार्यक्रम २०२६ का लागि मिति तय भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले नयाँ मिति तय गरेको हो ।

डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा आवेदन कार्यक्रम न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म भर्न पाइनेगरी मिति तय भएको हो ।

डिभी २०२६ का विजेताहरुले सन् २०२६ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । यसपटक पनि डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन । यसपाली क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ । तर नेपाल भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको तुलनामा कुनै परिवर्तन गरिएको छैन ।

तपाइँको प्रतिक्रिया