मंगलबार, असार १२, २०८१ |Tue Jun, 2024
अक्ल्याण्डको समय: १८:१८ |सिड्नीको समय: १६:१८ |काठमाडौंको समय: १२:०३

टी-२० विश्वकप क्रिकेट : काठमाडौंको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन

एएनजेड खबरजुन ४, २०२४

काठमाडौँ । ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।

नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टँुडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ ।

तपाइँको प्रतिक्रिया