शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:२४ |सिड्नीको समय: ०१:२४ |काठमाडौंको समय: २१:०९

महजोडी लगायतका कलाकार सिड्नी आउने, नेपालीलाई हसाँउने

एएनजेड खबरमे १७, २०२४

सिड्नी । चर्चित हास्यव्यङ्ग्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अष्ट्रेलिया आउने भएका छन् । महाजात्राको कार्यक्रम सफल गर्नलाई उनीहरु सिड्नी उत्रिने भएका हुन् ।

महजोडी १० वर्षपछि अष्ट्रेलिया भ्रमणमा आउन लागेका हुन् । मार्कक्यू होम्स र एभरेष्ट ट्राभलले आयोजना गर्न लागेको महाजात्रा जुन २ तारिख साँझ ६ बजे सिड्नीको फिल्म फेस्टिभल हुने स्टेट थिएटरमा आयोजना हुनेछ ।

सिड्नीको इभेन्ट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ। यसपटक एक दशकपछि मह जोडीलाई सिड्नी बोलाएर नेपाली समुदायलाई हसाँउने आयोजकको तयारी छ ।

कार्यक्रममा कलाकार कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र ‘राता मकै’ किरण केसी महजात्राका साथ सिड्नीमा पुग्ने तयारीमा छन् ।

तपाइँको प्रतिक्रिया