सोमबार, माघ २८, २०८१ |Mon Feb, 2025
अक्ल्याण्डको समय: ०७:२९ |सिड्नीको समय: ०५:२९ |काठमाडौंको समय: ००:१४

स्लोभाकियाका प्रधानमन्त्री रोबर्टको पेटबाट गोलीको फोका निकालियो, खतरामुक्त

एएनजेड खबरमे १६, २०२४

एजेन्सी । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए। आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ।

पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए।

ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्।

बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनिमाथि आक्रमण भएको हो। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र सोधपुछ जारी राखेको जनाएको छ। स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन।

राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो। युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन। फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए।

तपाइँको प्रतिक्रिया