बिहीबार, चैत ६, २०८१ |Thu Mar, 2025
अक्ल्याण्डको समय: ११:०३ |सिड्नीको समय: ०९:०३ |काठमाडौंको समय: ०३:४८

कोरियाले उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा बढायो

एएनजेड खबरमार्च २६, २०२४

काठमाडौं(बीबीसी) । दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

“यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। अब नेपालबाट यो क्षेत्रमा करिब १८,००० कामदार जान पाउने भएका छन्,” घिमिरेले भने।

दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ। नेपालबाट उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जानका लागि गत डिसेम्बरमा खुलाइएको भाषा परीक्षाको आवेदनमा १ लाख ६३ हजार जनाले आवेदन दिएका थिए।

आवेदन दिएका सबैको भाषा परीक्षा लिइसक्न आगामी डिसेम्बरसम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया