ममता तिवारीको “समयको छाल” बजारमा,ममतालाई शुभकामनाको ओइरो
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2024/02/image-1.png)
अष्ट्रेलियालाई कर्मथलो बनाएकी कवयित्री ममता तिवारीले आफ्नो दोश्रो कृति समयको छाल बजारमा ल्याएकी छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यूसाउथ वेल्स अष्ट्रेलियाको अध्यक्षका रूपमा रहेर नेपाली साहित्य र सृजनाको उत्थानका लागि निरन्तर सकृय रहदै आएकी तिवारीले आफ्नो सफल कार्यकालको नेतृत्व हस्तान्तरण समारोहमा नेपाली समाजका अग्रणीहरूलाई साक्षी राखेर आफ्नो कृति “समयको छाल” बजारमा ल्याएकी हुन् ।
जीवन, जगत, प्रेमिल मन र बिरहका भावनाहरूका २८ वटा रचनाहरूलाई सरल र सलिल शव्दमा कबिताका मार्फत उतारेकी कवयित्री तिवारीको कविता संग्रहलाई नेपाली समुदायका अगुवाहरूले संयुक्त रूपमा बिमोचन गरेका थिए ।
एनआरएन अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, बरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, प्राध्यापक गार्गी शर्मा, नेपाली समाजका अगुवा डा. नारायण प्रधान, इन्द्रा बन, डा.शम्सेरसिंह थापा, साहित्यकार सानु घिमिरे, एनआरएनए अभियन्ता दिपा जोशीले सामुहिक रूपमा समयको छालको बिमोचन गरेका थिए ।
कबयित्री तिवारीले यस अघि पनि “जीवनका तरंग” नामक कविता संग्रह बजारमा ल्याईसकेकी छिन् । जम्मा १० डलर मुल्य राखिएको कविता संग्रह बिमोचनमा उपस्थित साहित्य अनुरागीहरूले तिवारीको लेखन क्षमताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2024/02/mamata.jpg)
तपाइँको प्रतिक्रिया