मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: १८:३७ |सिड्नीको समय: १६:३७ |काठमाडौंको समय: १२:२२

अमेरिका र युरोप जाने नेपालीलाई डलर सटहीमा नयाँ सुविधा

एएनजेड खबरडिसेम्बर २८, २०२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिका र युरोपमा रोजगारीमा जाने नागरिकलाई ५ सय रुपैयाँसम्मको डलर सटही सुविधा दिने भएको छ ।

विहीबार राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलब्ध गराउने रकम जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका र क्यानडा जानेका हकमा ५ सय डलर दिइने व्यवस्था गरेको हो ।

अन्य मुलुकको हकमा भने २०० डलर मात्रै पाइने राष्ट्र बैंकले जारी गरेको एकीकृति निर्देशनमा उल्लेख छ । यस अघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई जुनसुकै मुलुकमा जाँदा पनि २ सय डलर मात्रको सटही सुविधा दिने गरिएको छ । पर्यटक भिसामा जानेको हकमा भने राष्ट्र बैंकले १५ सय डलरसम्मको सटही सुविधा दिँदै आएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सुन बिक्रेता वाणिज्य बैंकबाहेक अर्को बैंकमा भएको खाताबाट पनि भुक्तानी हुन सक्ने व्यवस्था गरेको छ ।

तपाइँको प्रतिक्रिया