सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १३:३९ |सिड्नीको समय: ११:३९ |काठमाडौंको समय: ०६:२४

एनआरएनए अध्यक्षका आकाङ्क्षी महेश कुमार श्रेष्ठ दक्षिण कोरियामा

एएनजेड खबरअक्टोबर ८, २०२३

गैर आवासीय नेपाली सङ्घ  (एनआरएनए)को ११ औँ महाधिवेशनका अध्यक्षका आकाङ्क्षी महेश कुमार श्रेष्ठ एनआरएनए एसिया प्यासिफिक क्षेत्र भ्रमणको सिलसिलामा विश्व भ्रमणमा निस्किएका छन्। उनी विश्व दौडाहाको सिलसिलामा  दक्षिण कोरिया पुगेका हुन् ।

“सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” भन्ने चुनावी नारा सहित एनआरएनएको ११ औँ महाधिवेशनको चुनावी मैदानमा उत्रिएका श्रेष्ठलाई दक्षिण कोरियामा भव्य स्वागत गरिएको छ। एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङ, तथा एनआरएनए कोरियाका पदाधिकारी,  संस्थापक अध्यक्ष केपी सिटौला लगायतले इन्छन एयरपोर्टमै  पुगेका भव्य स्वागत गरेका हुन्। 

अध्यक्षमा सम्भावित विजेताको रूपमा देखिएका श्रेष्ठले यस अघि मलेसिया, र कम्बोडियाको भ्रमण गरिसकेका छन्। त्यस लगत्तै उनी  दक्षिण कोरियाको भ्रमणमा निस्किएका हुन्।  उनीसँगै एनआरएनए सचिवका प्रत्याशी कृष्ण जीवी पन्त पनि सँगै रहेका छन्। दक्षिण कोरियामा श्रेष्ठले त्यहाँ रहेका एनआरएनए दक्षिण कोरियाका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने बताएको छ।  कार्यक्रम अक्टोबर ८ आइतबार छाहारी रेस्टुरेन्ट, दोङदेमुन, दक्षिण कोरियामा दिउँसो २ बजे हुने छ। 

तपाइँको प्रतिक्रिया