सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १६:४१ |सिड्नीको समय: १४:४१ |काठमाडौंको समय: ०९:२६

ललिता निवास प्रकरण-तीनजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी !

एएनजेड खबरअगस्ट ७, २०२३

ललिता निवास प्रकरणमा जोडिएका तीनजना पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।

बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका तत्कालीन विभागीय मन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो। त्यसैगरी तत्कालिन राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको छ।

सर्वोच्च अदालतको आइतबारको आदेशलगत्तै पुर्व मन्त्रीहरुलाई अनुसन्धानकोलागी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले जिल्ला अदालत काठमाडौंमा पुगेर पक्राउ पुर्जी लिएको हो।

तपाइँको प्रतिक्रिया