शुक्रबार, वैशाख १२, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २०:५६ |सिड्नीको समय: १८:५६ |काठमाडौंको समय: १४:४१

माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी

एएनजेड खबरअगस्ट २, २०२३

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्नु अघि स्थायी समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

माओवादीको पदाधिकारी बैठक बसेलगत्तै स्थाई कमिटि बैठक बसेको हो। उक्त पार्टीले केन्द्रीय समितिको बैठक आजै ११ बजे प्रज्ञा भवनमा बस्ने तयारी गरेको छ। केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न माओवादीले पदाधिकारी र स्थायी समितिका बैठक राखेको बुझिएको छ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो। केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने माओवादी केन्द्रले जनाएको छ।

तपाइँको प्रतिक्रिया