आइतबार, वैशाख २८, २०८२ |Sun May, 2025
अक्ल्याण्डको समय: २०:०५ |सिड्नीको समय: १८:०५ |काठमाडौंको समय: १३:५०

सय किलो सुन प्रकरण – एजेन्टसहित ४ जनाको परिचय खुल्यो !!

एएनजेड खबरजुलाइ २०, २०२३

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा झन्डै १०० किलो सुन बरामद भएको घटनामा संलग्न रहेका भनिएका मध्ये हालसम्म ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ती मध्ये ४ जनाको नाम सार्वजनिक भएको हो। 

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, सोही ठेगानाका वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौँको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङल रहेका छन्। 

 पक्राउ पर्नेमा थाप्तेन छिरिङल भारतीय नागरिक हुन् । उनी एजेन्ट रहेको खुलेको हो। 

तपाइँको प्रतिक्रिया