मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०८:२६ |सिड्नीको समय: ०६:२६ |काठमाडौंको समय: ०२:११

एमालेले आज संसद् अवरुद्ध गर्ने 

एएनजेड खबरजुलाइ ५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गर्ने तयारी गरेको छ।  

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौँमा भएको पुस्तक विमोचन समारोहमा विवादित अभिव्यक्ति दिएपछि एमाले आक्रोशित भएको हो।

उनले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को पुस्तक विमोचन कार्यक्रममा विवादित अभिव्यक्ति दिएको  भन्दै एमाले आक्रामक बनेको हो। 

एमालेले आज  संसदीय दलको आकस्मिक बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद् अवरोधसम्मको आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।

तपाइँको प्रतिक्रिया