मंगलबार, असोज २२, २०८१ |Tue Oct, 2024
अक्ल्याण्डको समय: १५:३९ |सिड्नीको समय: १३:३९ |काठमाडौंको समय: ०८:२४

न्यू साउथवेल्स संयोजकमा सुकिर्ति भट्टले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

एएनजेड खबरजुलाइ ४, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टले आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा  घोषणा गरेकी छन्। उनले सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्। 

यस अघि उनी  न्यु साउथ वेल्स(एनएसडब्लु)को उपसंयोजक भएर काम गरिसकेकी छन्।  यस पटकको  एनआरएनए निर्वाचनमा नयाँ कार्यकालको लागी एनएसडब्लुको संयोजकमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

प्रेस मिटमा हाल एनएसडब्लुको उपसंयोजक रहेकी भट्टले आफुले अष्ट्रेलियामा रहेका नेपाली समुदायको हकहितका लागि निकै सक्रिय पुर्वक काम गरिरहेको बताउदै आफू धेरै नेपाली सङ्घ संस्थामा आबद्ध भएर काम गरिसकेको कारण एनआरएनए राज्य

संयोजक बनेर काम गर्न योग्य भएको समेत बताएकी छन्। 

उम्मेदवारी घोषणा गर्दै भट्टले एनआरएनए राजनीतिबाट अलग रहेर काम गर्नु पर्ने आफ्नो धारणा रहेको बताइन । एनआरएनए तीव्र रूपमा राजनीतिकरण भएको महसुस भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। 

भट्टले अष्ट्रेलियामा रहेका  नेपाली समुदायले एनआरएनएलाई राजनीतिबाट अलग भएको हेर्न चाहेको र आफ्नो स्वतन्त्र उम्मेदवारी त्यसैको सुधारको लागी सानो प्रयास भएको बताइन।   उनले  नेपाली समुदायलाई विभाजन गर्न नहुने भन्दै एनआरएनएको निर्वाचनमा प्यानलको नाममा नेपाली समुदायलाई विभाजन गर्न खोजिएको आरोप समेत लगाइन। उनले आफ्नो उम्मेदवारी एनएसडब्लुमा रहेको नेपाली समुदायको साझा उम्मेदवारको रूपमा रहने समेत दाबी गरेकी छन्। 

भट्टले आफू विजयी हुने आधार आफ्नो एजेन्डा भएको बताइन। उनले आफूमा भएको विभिन्न अनुभवलाई एनएसडब्लुको हितमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी जुलाई २९ तारिखमा हुने निर्वाचनमा मत दिएर जिताउन सबैमा अनुरोध समेत गरेकी छन्।

तपाइँको प्रतिक्रिया