बिहीबार, चैत ६, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०४:०९ |सिड्नीको समय: ०२:०९ |काठमाडौंको समय: २०:५४

हुम्ला जाँदै गरेको जिप कर्णाली नदीमा खस्यो !!

एएनजेड खबरजुन १९, २०२३

कर्णाली नदीमा हुम्ला जाँदै गरेको जिप खसेको छ। आज बिहान हुम्ला सदरमुकाम सिमिकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जिप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हो। 

नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌लाऊ ओरालेर उकालोमा उक्लन लागेको खाली जिप नदीमा परेको हो। 

जिपका चालक जनकपुर घर भएका राजेश लामा गम्भीर घाइते भएका छन्।  उनी हाम फालेर बाँच्न सफल भएको बताइएको छ। 

घाइते चालकलाई  उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको छ। दुर्घटना के कति कारणले भएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको छ। 

तपाइँको प्रतिक्रिया