सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १६:०५ |सिड्नीको समय: १४:०५ |काठमाडौंको समय: ०८:५०

सिड्नीमा हुने साहित्य महोत्सवको प्रमुख अतिथि पत्रकार नारायण वाग्ले

एएनजेड खबरजुन १५, २०२३

अष्ट्रेलियाको सिड्नीमा आगामी शनिवार अर्थात् जुन १७ मा ‘पहिलो नेपाल-अष्ट्रेलिया कला र साहित्य महोत्सव’को आयोजना हुने भएको छ।महोत्सव हर्सभिलस्थित सिभिक थिएटरमा संचालन हुने बताइएको छ।

दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन अतिथिको रूपमा निमन्त्रणा गरिएका लेखक तथा पत्रकार नारायण वाग्लेसँगको अन्तरक्रियाका साथै कविता- गजल वाचन, गायन, वाद्यवादन र नृत्यजस्ता कार्यक्रम राखिएको छ। कार्यक्रमका प्रमुख अतिथि लेखक वाग्ले सिड्नी आइसकेका छन्।

महोत्सवको दोस्रो दिन लेखकहरूले साहित्यको वाचन गर्ने छन् साथै सिड्नीको दक्षिणी तट मध्येको एक कायमामा गएर रचना वाचनसहित महोत्सवको समापन हुने लेखक एवं महोत्सव निर्देशक  निष्प्रभ सजीले जानकारी दिए।

यस प्रकारको महोत्सव केही वर्ष अघि नै गर्ने भनिएता पनि  कोरोना महामारीका कारण रोकिएको आयोजकले बताएको छ। 

आगामी वर्षमा हरेक साल  आयोजना गरिने भनिएको महोत्सव आउँदा वर्षहरूमा अझै फरक विषयहरूमा बहस गर्ने थलो बन्ने निर्देशक सजीले बताए। 

कार्यक्रम दिउँसो साढे १ बजेबाट बेलुका ५ बजेसम्म हुने छ भने मण्डला लिगलको मुख्य प्रायोजनमा सम्पन्न हुने महोत्सवलाई इनोभेटिम एसोसिएट्स, हार्बर कलेज, राइट एण्ड एसोसिएट्स र साउदर्न एकेडेमीले संयुक्त रूपमा प्रायोजन गरेका छन्।

तपाइँको प्रतिक्रिया