शुक्रबार, वैशाख २६, २०८२ |Fri May, 2025
अक्ल्याण्डको समय: १६:२६ |सिड्नीको समय: १४:२६ |काठमाडौंको समय: १०:११

एमालेले न्यायाधीश बनाएको आरोप लागेका हरिकृष्ण कार्कीबारे संसदीय समितिमा छलफल सुरु

एएनजेड खबरजुन १५, २०२३

प्रधानन्यायाधीशमा प्रस्तावित गरिएका हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ। उनलाई एमाले नेता अग्नि खरेलले न्यायाधीश बनाएको आरोप लागेछ। कार्कीले अग्नि खरेलसँग साझेदारी गरेर ल फर्म सञ्चालन गरिरहेका छन्। 

 अग्नि खरेलले न्यायाधीश बनाएको आरोप लागेका कार्कीलाई संसदीय सुनुवाइ समितिमा परेका अनुसार उजुरीबारे जानकारी गराई त्यसका विषयमा स्पष्टीकरण लिन समितिमा बोलाइएको छ। 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध समितिमा  २९ वटा उजुरी परेका छन्। गत जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।

हिजो भएको सुनुवाइ समितिको सामान्य छलफलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिष्कार गरे।

तपाइँको प्रतिक्रिया