शुक्रबार, फागुन २, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: ०६:४४ |सिड्नीको समय: ०४:४४ |काठमाडौंको समय: २३:२९

अष्ट्रेलियामा जन्ती बोकेको बस दुर्घटना, १० जनाको ज्यान गयो 

एएनजेड खबरजुन १२, २०२३

अष्ट्रेलियाको  सिड्नी नजिकै न्यु साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा जनाको मृत्यु भएको छ।  बस सडकमा पल्टिएर  दुर्घटना भएको थियो भने दुर्घटनामा परी अन्य  २५ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार अहिलेसम्म  १० जनाको ज्यान गएको र  २५ जना घाइतेलाई हेलिकप्टर र सडक मार्गबाट अस्पताल लगिएको छ। उक्त बसमा रहेका अन्य १८ जना यात्रु भने सकुशल रहेको बताइएको छ। 

एक खेलाडीको विवाहमा गएका जन्तीहरू लिएर फर्कने क्रममा अनियन्त्रित भई बस सडकमा पल्टिएको थियो। मृत्युहुनेहरू खेलसँग सम्बन्धित व्यक्तिहरू हुनसक्ने अनुमान गरिएको छ।

घटनापछि आपत्कालीन सेवामार्फत घटनाको आपत्कालीन अपरेसन सुरु गरिएको थियो। समाचार अनुसार बसका चालकलाई परीक्षण  लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ। 

घाइतेहरूको नजिकको न्यु ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार भइरहेको  छ।

तपाइँको प्रतिक्रिया