मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: १०:३१ |सिड्नीको समय: ०८:३१ |काठमाडौंको समय: ०४:१६

देउवाले आफ्नै निवासमा बोलाए पार्टी पदाधिकारी बैठक 

एएनजेड खबरमे १०, २०२३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। सभापति  देउवाले साँझ ५ बजे आफ्नै निवासमा बैठक बोलाएका काँग्रेस निकट स्रोतले जनाएको छ। 

भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता पक्राउ पर्नु र अन्य नेताहरूको नाम समेत मुछिएपछि बैठक बस्न लागेको हो।

केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई आज प्रहरीले पक्राउ गरेको थियो। सभापति देउवाले आजै नै पार्टीको युवा सङ्गठन तरुण दलका पूर्व सभापतिहरूसँग पनि छलफल गरेका थिए। 

तपाइँको प्रतिक्रिया