पूर्व राजालाई ओलीको चेतावनी: धेरै फुरफुर नगर हिसाब किताब गर्न नपरोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै फुरफुर नगर्न भन्दै चेतावनी दिएका छन् ।
आज ईलाममा भएको एक कार्यक्रमा ओलीले हिजो झापामा आफूमाथि आक्रमण भएको विषयलाई लिएर हिमानी शाहले ‘जनताले ढुंगा हानेछन् ‘भनेर ट्वीट गरेको भन्दै आक्रोस व्यक्त गरेका हुन्।
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2023/04/KP-Sharma-oli.jpg)
ओलीले भने, ‘ज्ञानेन्द्र शाहको परिवार र उनकी बुहारीले जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरि जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’
उनले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर धेरै फुरफुर गरेको आरोप लगाए। उनले भने ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको मात्रै हो हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’
दुर्गा प्रसाईं प्रति लक्षित गर्दै ओलीले ,’एकदुई जना मान्छे भेटाएको भरमा ज्ञानेंद्र शाहको पखेटा पलाउनु ठीक नभएको समेत बताएका छन्।
तपाइँको प्रतिक्रिया