बुधबार, जेठ १, २०८२ |Wed May, 2025
अक्ल्याण्डको समय: ०१:३३ |सिड्नीको समय: २३:३३ |काठमाडौंको समय: १९:१८

चितवन-२ बाट रवि लामिछाने ठुलो मतान्तरले पुन: निर्वाचित

एएनजेड खबरअप्रिल २५, २०२३

चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

लामिछानेले ५४ हजार १७५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याए ।

प्रतिनिधि सभा सदस्यका लागी भएको यस उपनिर्वाचनमा लामिछानेले ४३ हजार ६१ मतान्तरले जित हासिल गरेका हुन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा पनि लामिछानेले यसै क्षेत्रबाट ४९ हजार ३०० मत ल्याएर विजयी बनेका थिए।

तपाइँको प्रतिक्रिया