बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: १६:४४ |सिड्नीको समय: १४:४४ |काठमाडौंको समय: ०९:२९

रास्वपाले माफी मागेपछि अवरुद्ध मतदान प्रक्रिया सुरु

एएनजेड खबरअप्रिल २३, २०२३

चितवनको नयाँ किरण माविमा रोकिएको मतदान भर्खरै सुचारु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मागेपछि मतदान प्रक्रिया सुचारु भएको हो।

भरतपुर महानगरपालिका(११ स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको थियो।

रास्वपाका सभापति तथा उम्मेदवार रवि लामिछाने मतदान केन्द्र पुग्दा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि अन्य दलले विरोध गरेका थिए। रास्वपा र अन्यदलको कार्यकर्ताबीच झडपको अवस्था उत्पन्न भएको थियो।

तपाइँको प्रतिक्रिया