आइतबार, असार २२, २०८२ |Sun Jul, 2025
अक्ल्याण्डको समय: ०६:५६ |सिड्नीको समय: ०४:५६ |काठमाडौंको समय: ००:४१

कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु !

एएनजेड खबरअप्रिल १६, २०२३

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । आज कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिएका छन् ।

मुटुको बिरामी समेत रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कैलालीको अस्थायी कोरोना अस्पतालको आइसियुमा उपचार भइरहेको अवस्थामा वृद्धाको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

तपाइँको प्रतिक्रिया