मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०९:१२ |सिड्नीको समय: ०७:१२ |काठमाडौंको समय: ०२:५७

अष्ट्रेलियामा कानून उल्लङ्घनका घटनामा जरिवाना नतिर्दा के हुन्छ !!

एएनजेड खबरअप्रिल ८, २०२३

विश्वमा जुनसुकै देशमा पनि कानूनले निषेध गरेका कयौँ विषयमा कानून उल्लङ्घन गर्दा जरिवाना तिर्नु पर्ने हुन्छ । कानूनले निर्धारण गरेको समयमा उक्त जरिवाना नतिरी बेवास्ता गर्दा यसले गम्भीर असर पार्ने निश्चित जस्तै छ । 

अष्ट्रेलिया जस्तो सु-सम्पन्न राष्ट्रहरूले सुरक्षाको दृष्टिले कानूनले वर्जित गरेका कयौँ ठाउँमा सुषुप्त निगरानी राख्ने गर्दछ।  प्रविधिको विकासले हामीले गरेका कयौँ गल्ती आफूले थाहा नपाउँदै घरैमा जरिवानाको रसिद आइपुग्ने गर्छ। हामीलाई थाहै नभएको गल्तीमा जरिवाना तिर्नुपर्दा आक्रोशित बन्दै बेवास्ता गर्ने गर्छौ। जसको कारण आफैले आफैलाई कानूनको कसिलो फन्दामा पुर्‍याउने खतरा हुन्छ।

अष्ट्रेलियाका  जुनसुकै स्थानमा बसोवास गर्ने जोकोहीले पनि गल्तीको प्रकृति अनुसारको जरिमाना तिर्नुपर्ने हुन्छ। कानून उल्लङ्घनका कतिपय घटनामा जरिवानाको लिस्ट आउनु स्वाभाविक नै हो तर हामीले उक्त जरिवाना नर्तिदा के हुन्छ भन्ने बारेमा सबैलाई थाहा नहुन पनि सक्छ ।

-जरिवाना नतिर्दा के हुन्छ ?

*तोकिएको जरिवाना बापतको रकम  नतिर्दा,झनै अतिरिक्त रकम थपिँदै जान्छ। 
*लाइसेन्स रद्द हुने वा सम्पत्ति समेत जफत हुन सक्छ।

 विशेष गरी सडक र सार्वजनिक यातायात,निजी सवारी साधनका नियमहरू पालना नगर्दा जरिवाना आउने गर्दछ । चालकले सीमित गतिको नियम उल्लङ्घन गरेर तीव्र गतिमा सवारी चलाउँदा, सिट-बेल्ट नलगाउँदा, जहाँ पायो त्यही पार्किङ गर्दा र अन्य गल्तीमा जरिवाना घरमै आउन सक्छ।

यस बाहेक पनि बस वा ट्रेनमा बिना टिकट चढ्दा सम्बन्धित निकायले जरिवाना तिराउन सक्छ। सडक प्रयोग गरे बापत तिर्नुपर्ने शुल्क  नतिर्दा पनि अष्ट्रेलियामा जरिवानाको सिकार बन्नु पर्ने देखिन्छ। 

अष्ट्रेलियामा सार्वजनिक स्थानमा अपशब्दहरू बोल्ने गर्दा पनि जरिवाना तिर्नुपर्छ ।यस देशमा जहाँ पायो त्यही फोहर फाल्नु वा निषेध गरिएको ठाउँमा धूम्रपान गर्दा पनि जरिवाना तिर्नु हो ।

मताधिकार प्रयोग नगर्दा पनि जरिवाना तिर्नुपर्ने देश हो अष्ट्रेलिया।

अष्ट्रेलियामा अपराधको प्रकृति र स्थान हेरेर सरकारी एजेन्सीहरूले जरिमानाको नोटिस सम्बन्धित पक्षलाई पठाउने गर्दछन्। जरिवाना वापत तोकिएको सबै रकम एकै पटक नतिरेर किस्तामा पनि तिर्न सकिने व्यवस्था रहेको छ।

तपाइँको प्रतिक्रिया