बिहीबार, चैत ६, २०८१ |Thu Mar, 2025
अक्ल्याण्डको समय: ११:३८ |सिड्नीको समय: ०९:३८ |काठमाडौंको समय: ०४:२३

रविलाई शक्तिका आडमा राहदानी मुद्दामा उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी पर्यो

एएनजेड खबरमार्च २१, २०२३

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

उनले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गरिएको जानकारी दिए।

तपाइँको प्रतिक्रिया