शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

उपराष्ट्रपति पदका लागि मतदान जारी

एएनजेड खबरमार्च १७, २०२३

नयाँ उपराष्ट्रपति पदका लागि नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान शुरु भएको छ ।आज बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।

सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया