शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४५ |सिड्नीको समय: १५:४५ |काठमाडौंको समय: ११:३०

कांग्रेसले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने

एएनजेड खबरमार्च १५, २०२३

नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने भएको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्न संघीय र प्रदेश सभाका सांसदहरुलाई निर्देशन दिएको हो।

प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले जसपाको कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन गर्ने र पार्टीका सांसदहरुलाई उनको पक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी दिए।

तपाइँको प्रतिक्रिया