शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०८ |सिड्नीको समय: ०१:०८ |काठमाडौंको समय: २०:५३

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

एएनजेड खबरमार्च १५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र राप्रपाले सरकार छोडेपछि अल्पमतमा देखिएको सरकारले चैत ३ गते उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिने तयारी गरेको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको जानकारी दिए।

६४ दिनमै अल्पमतमा परेको प्रचण्ड सरकार एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।

फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव भएकाले सरकारले विश्वासको मत लिन सकेको थिएन।

प्रधानमन्त्रीलाई अब नेपाली कांग्रेसले समर्थन दिएपछि सरकार सुरक्षित हुनेछ।प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ।

तपाइँको प्रतिक्रिया