शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:०६ |सिड्नीको समय: १९:०६ |काठमाडौंको समय: १४:५१

सत्ता गठबन्धनमा भएन सहमती, उपराष्ट्रपतिमा ३ जनाको मनोनयन दर्ता हुने

एएनजेड खबरमार्च ११, २०२३

सत्ता गठबन्धनको आज बैठक साझा उम्मेदवार छनोट गर्न असफल भएको छ। बैठकले निर्णय गर्न नसक्दा गठबन्धनको तर्फबाट ३ जनाको उम्मेदवारी दर्ता हुने भएको हो ।

जनता समाजवादी पार्टी (जसपा)ले महिला र पुरुष दुवै उम्मेदवार दर्ता गर्ने भएको छ भने र जनमत पार्टीले महिला उम्मेदवारको नाम मनोनयन गर्ने भएको हो। यता नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो दलको तर्फबाट दावी गर्दै आएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना (पुरुष र महिला) उम्मेदवार दर्ता गर्ने निर्णय गरेको छ । पुरुषमा रामसहाय यादव र महिलामा प्रमिला यादवको नाम मोनयन गर्ने भएको हो । सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार ममता झालाई उठाउने निर्णय गरेको छ।

आजको बैठकले निर्णय गर्न नसक्दा भोलि पुन: बैठक बसेर साझा उम्मेदवार बनाउने कोशिस हुने बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

तपाइँको प्रतिक्रिया