शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:४३ |सिड्नीको समय: १९:४३ |काठमाडौंको समय: १५:२८

प्रधानमन्त्री प्रचण्डविरुद्द परेको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी 

एएनजेड खबरमार्च १०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी  गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट तत्काल टुंग्याउनु पर्ने भन्दै अग्राधिकार प्रदान गर्ने आदेश समेत  दिएको हो। 

प्रधानमन्त्री प्रचण्डलाई १५ दिनभित्रमा आफैँले  वा कानुन व्यवसायी मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ। निवेदकले प्रचण्डलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउन अन्तरिम आदेश समेत माग गरेका थिए। तर सर्वोच्चले यस प्रकारका कानुनी प्रश्नहरूको निरूपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिने भन्दै उक्त आदेश दिएको हो।

 रिट निवेदकले उठाएका विषयको निरूपण छिटो छरितो रूपमा गर्नु मनासिब देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको छ।

प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका थिए। उनीहरूले दिएको निवेदनमा अभिव्यक्तिका आधारमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको थियो। 

तपाइँको प्रतिक्रिया