मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०९:०४ |सिड्नीको समय: ०७:०४ |काठमाडौंको समय: ०२:४९

राष्ट्रपति चुनावमा सुवास नेम्वाङको निर्वाचन खर्च साढे १६ हजार मात्र 

एएनजेड खबरमार्च १०, २०२३

राष्ट्रपतिका उम्मेदवार तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। 

हिजो भएको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङले आज चुनावी खर्च बुझाएका हुन् । 

 निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको खर्च विवरणमा निर्वाचनका क्रममा १६ हजार ५ सय खर्च भएको उल्लेख गरिएको छ। नेम्वाङका निर्वाचन प्रतिनिधि सांसद महेश बर्तौलाले उक्त खर्च विवरण निर्वाचन अधिकृत समक्ष पेस गरेका हुन्। 

तपाइँको प्रतिक्रिया