शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरु

एएनजेड खबरमार्च १०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सुरु भएको छ। उनीविरुद्ध दायर रिट निवेदन माथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अहिले सुनुवाइ गरिरहेको हो।

उक्त रिट दर्ता गर्न पनि खतिवडासहितको इजलासले नै आदेश दिएको थियो।सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले आदेश दिएको हो।

प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनलगायतले छुट्टाछुट्टै रिट निवेदन दिएका थिए। निवेदनमा प्रचण्डले केही वर्ष अघि दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर व्यक्ति हत्याको कसुरमा कारबाही गर्न माग गरिएको छ।प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।

तपाइँको प्रतिक्रिया