शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५९ |सिड्नीको समय: १५:५९ |काठमाडौंको समय: ११:४४

माओवादी घटकहरुको बैठक सम्पन्न,२८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय

एएनजेड खबरमार्च १०, २०२३

प्रधानमन्त्रीको सरकारी निवासबालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते प्रक्रियामा योगदान पुर्याएकाहरुसँग संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको हो।
बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भन्ने विषयमा पत्रकार सम्मेलनमार्फत् बताउने पनि निर्णय गरेको छ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु एकै ठाउँमा उभिएका छन् । यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए।

तपाइँको प्रतिक्रिया